श्रीदेवी भन्छिन्-‘कपडा फेर्न झाडीमा जानुपथ्र्यो’
बलिउड नायिका श्रीदेवीले चलचित्र ‘वरसात’मा अभिनय गरेको एउटै गीतवाट चर्चा पाइन् । अर्को चलचित्र ‘चाँदनी’को ‘लगी आज सावन’ र चालबाजको ‘ना जाने कहाँ से आई है’ बाट पनि राम्रै चर्चा पाइन् ।
उक्त गीतमा अभिनय गर्दा यातना पाएको महसुस् गरेकी थिइन् उनले । श्रीदेवी भन्छिन्-‘वरसातको गीत सुटिङ गर्दा म बिरामी भएकी थिएँ ।’
केही दशकदेखि बलिउड चलचित्र उद्योगमा सक्रिय श्रीदेवी चलचित्र उद्योगमा सुविधा बढेकोमा खुसी छिन् । उनको भनाई अनुसार आज नायिकाले धेरै सुविधा पाएका छन् ।
केही दशकदेखि बलिउड चलचित्र उद्योगमा सक्रिय श्रीदेवी चलचित्र उद्योगमा सुविधा बढेकोमा खुसी छिन् । उनको भनाई अनुसार आज नायिकाले धेरै सुविधा पाएका छन् ।
भेनटी भ्यानले महिला कलाकारलाई धेरै सुविधा दिएको अनुभव गरेकी छिन् उनले । ‘हाम्रो पालामा यस्ता सुविधा कल्पना भन्दा बाहिरको कुरा थियो । हामी सुटिङ गर्दा गर्दै कपडा फेर्न पर्यो भने झाडीमा जान्थ्यौं ।’
त्यति मात्रै हैन । सुटिङमा शौचालय हुन्नथ्यो । शौचालय जान नपरोस् भनेर दिनभरि पानी पनि नपिइ सुटिङ गर्थिन् उनी । सुटिङमा पनि उस्तै तनाब हुन्थ्यो । महंगो रिल सकिन्छ भनेर निर्माता तनावमा हुन्थे भने कलाकारले टेक खाँदा निर्माताहरु अमिलो मुख बनाउथे ।
श्रीदेवीले अभिनय गरेको नयाँ चलचित्र ‘माँ’ प्रदर्शनको लागि तयार छ । चलचित्रमा अक्षय खन्ना र नवाजुद्दिन सिद्दिकीले पनि अभिनय गरेका छन् ।
श्रीदेवीले अभिनय गरेको नयाँ चलचित्र ‘माँ’ प्रदर्शनको लागि तयार छ । चलचित्रमा अक्षय खन्ना र नवाजुद्दिन सिद्दिकीले पनि अभिनय गरेका छन् ।
श्रीदेवी भन्छिन्-‘कपडा फेर्न झाडीमा जानुपथ्र्यो’
Reviewed by Admin
on
July 05, 2017
Rating:

Post a Comment