प्रहरी निरीक्षकले गरे आत्महत्या - Epic World

Header AD

प्रहरी निरीक्षकले गरे आत्महत्या

असार १७, २०७४- जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैंले बोकेको हतियारबाट आत्महत्या गरेको छ । 
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोबद्र्धन खत्रीले शुक्रबार राति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेले जानकारी दिए ।  
उदयुपुरको त्रियुगा नगरपालिका– ११ जलजले घर भएका प्रहरी सहायक निरीक्षक खत्रीले के कति कारणले आत्महत्या गरेको खुल्न नसकेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ । रासस 

प्रहरी निरीक्षकले गरे आत्महत्या प्रहरी निरीक्षकले गरे आत्महत्या  Reviewed by Admin on July 01, 2017 Rating: 5

No comments

Post AD