‘मिस एसइइ चितवन’को उपाधि अनुष्कालाई - Epic World

Header AD

‘मिस एसइइ चितवन’को उपाधि अनुष्कालाई


चितवनमा आयोजना भएको ‘मिस एसइइ चितवन’को उपाधि अनुष्का रानाभाटको पोल्टामा गएको प्रतियोगीतामा सहभागी २८ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले यो उपाधि जितेकी हुन् । अनुष्कालाई मिस चितवन सुमन गुरुङले ताज लगाइदिएकी थिइन् ।
‘लिभ एण्ड लिड इन्टरनेशन’ल प्रालिले यो कार्यक्रमको आयोजना गरेको हो । उनले नगद २० हजारसहित उपाधि जितेकी हुन् । यस्तै, फस्ट रनरअप भूमिका आचार्य, सेकेन्ड रनरअप सुजता ढकाल, थर्ड रनरअप करिना श्रेष्ठ र फोर्थ रनरअप स्वेता अर्याल हुन सफल भए ।
उपाधि विजेता अनुष्कालाई अक्सफोर्ड कलेजले प्लस टु सम्मको अध्ययनका लागि छात्रावृत्तिको व्यवस्था समेत गरेको छ । यो कार्यक्रम अब हरेक बर्ष आयोजना हुने आयोजकले बताएको छ ।


‘मिस एसइइ चितवन’को उपाधि अनुष्कालाई ‘मिस एसइइ चितवन’को उपाधि अनुष्कालाई Reviewed by Admin on June 12, 2017 Rating: 5

No comments

Post AD